खाेज्नुहाेस

आइसीसी यू–१९ महिला टी–२० विश्वकप : नेपालले पहिलो खेलमा बंगलादेशको सामना गर्दै

Image

काठमाडौं । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता छन् ।

विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दै छ । उक्त खेल मलेसियाको बांगीमा अहिले दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ । गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

नेपाली टोली

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ ।

update : यू १९ विश्वकप क्रिकेटमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित