खाेज्नुहाेस

कैलालीमा जनावरका लागि थापेको पासोमा युवक परेको घटनामा ४ जना पक्राउ

Image
file photo

धनगढी– कैलालीमा जनावरका लागि थापेको पासोमा युवक परेको घटनामा चार जनालाई पक्राउ गरिएको छ । गत भदौमा जिल्लाको गौरीगंगा नगरपालिका– १ को मौवारी सामुदायीक वनमा विद्युतीय तार विछ्याएर थापेको पासोमा सोही ठाउँका २० वर्षीय आदित्य चौधरी परेका थिए ।

navjiwan hospital

सो घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ का ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरी रहेका छन ।

attariya hospital

पक्राउ परेका चारै जना विरुद्ध ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता गरेर अनुन्धान भैरहेको प्रहरीले जनाएको छ । धरापमा परेर घाइते भएका चौधरी भने उपचारपछि घर फर्किसकेका छन् ।