खाेज्नुहाेस

चिसोमा स्वास्थ्यको ख्याल राखौँ

Image

मौषममा बदली भई मंगलबारबाट सुदूरपश्चिम प्रदेशमा चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

महाशाखाको विवरण अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ । त्यसैले सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने समेत बताईन्छ । मौसममा बदली भएसँगै पुनः चिसो बढ्न सुरू भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको छ ।

attariya hospital
navjiwan hospital

हिउँदको समयमा सुदूरपश्चिमका तराईका जिल्लाहरुमा कयौँ दिनसम्म सुर्य समेत देख्न पाइदैन । चिसोले कठ्याङ्ग्रिने अवस्था आइरहेका बेला सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्न जरुरी छ । चिसोका समयमा मुख्य गरी ज्येष्ठ नागरिक र बालबालिकाहरु बढी प्रभावित हुन्छन् । ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई चिसोको समयमा बढी रोगहरु लाग्ने सम्भावना हुन्छ । त्यसैले, यो समयमा खासगरी बालबालिका तथा वृद्धवृद्धाप्रति विशेष ध्यान दिनुपर्दछ ।

सामान्यतया चिसो मौसममा धुमपान गर्ने व्यक्तिमा सिओपिडी, ब्रोनकाइटिस, इम्फाइसेमा, आज्मा लगायतका समस्या देखिने गर्दछ । त्यस्तै, धुलोधुवाँमा हिँड्नेहरुमा घाँटीको एलर्जी, साइनासाइटिस श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ भने बालबालिकाहरुमा चिसोकै कारण रुघाखोकी, निमोनिया, भाइरल डायरिया लगायतका भाइरल संक्रमण हुने गर्छ । यस्ता संक्रमण बारम्बार भएमा दीर्घरोगी भइन्छ ।
त्यसैले, जाडो मौसममा स्वस्थ रहन विभिन्न उपायहरु अबलम्बन गर्नुपर्दछ । मुख्यतयाः जाडो मौसममा चिसोबाट बच्न पोषिलो खानेकुरा खाने, न्यानो कपडा तथा टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनु हुँदैन । त्यसका साथै बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ । जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ । पर्याप्त तातोपानी पिउनु पर्दछ । जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने गर्नुहुदैन ।

त्यसले कार्वनमोनोअक्साइड कोठाभरि फैलिंदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ । त्यसैले आगो ताप्दा पनि सावधानी अपनाउनुपर्दछ । चिसो मौसमको सुरुवात भैसकेको हुँदा चिसोबाट बच्ने विभिन्न सतर्कताहरु अपनाउन आवश्यक छ ।