अत्तरिया- कैलालीको गोदावरीमा टिपरको ठक्करबाट साइकलमा सवार दुई बालिका घाइते भएका छन् । शुक्रबार बिहान ना१ख २७४ नम्बरको टिपरले ठक्कर दिँदा गोदावरी नगरपालिका-१ बस्ने १६ वर्षीया सिता बुढा र बाटु नेपाली घाइते भएका हुन् ।

उनीहरुलाई उपचारका लागि अत्तरियास्थित अत्तरिया अस्पताल ल्याइएकामा निसर्ग अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।

उनले टिपर चालक लम्कीचुहा नगरपालिकाका ३५ वर्षीय समिर चौधरीलाई नियन्त्रणमा लिइएको बताए ।












