गोदावरीलाई सफा राखौं

कैलालीको गोदावरी नगरपालिकामा फोहोर फाल्ने जिम्मेवारी मातृभुमी समाज प्रा.लि लाई दिईएको छ । नगरपालिकाले नगरभित्रको फोहोर उठाएर फाल्ने गरी मातृभुमी समाज सँग सम्झौता गरेको छ । नगरले यसअघि देखि नै फाल्दै आएको स्थान चौकीडाँडाको सामुदायिक वन क्षेत्र हो । मातृभुमी समाजले पनि बजारको फोहोर उठाएर सोही ठाउँमा फाल्ने गरेको छ ।

maya metro hospital

फोहोर उठाउने ठेक्का पाएको ठेकेदार कम्पनी मातृभुमी समाजले बजारको फोहोर उठाएर नगरपालिकाले यसअघि फाल्दै आएको ठाउँसम्म नपुगी सडक किनारमै फाल्ने गरेको छ । जसका कारण सो क्षेत्र एकदमै दुर्गन्धित बन्न पुगेको छ । उक्त सामुदायिक वनमा छरपस्ट फोहोर फालिदा दुर्गन्ध मात्रै आउने नभई आसपासका स्थानीयहरुमा स्वास्थ्यको जोखिम पनि बढेको छ ।

गोदावरीमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको भए पनि विगत देखि नगरपालिका भित्रको फोहोर मैला संकलन र व्यवस्थापनको जिम्मा पाएको मातृभूमि समाज प्रालिले भने सडक किनारामा छरपस्ट हुने गरी फोहोर फाल्ने गरेको छ ।

attariya hospital

एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र जाने बाटोको छेउमै फालिने फोहोर सडकमा समेत छरपस्ट फैलिएको छ । जसले गर्दा सो बाटो भएर हिँड्दा नाक थुन्नु पर्ने अवस्था रहेको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमा हाल छाडा गाईगोरु पनि आफ्नो आहारा खोज्दै जाने भएकाले फोहोर झन छरपस्ट हुने गरेको छ । तर, सडक किनारामै फालिने फोहोरको हाल कुनै व्यवस्थापन हुन सकेको छैन । फोहोरलाई जलाउने काम गरिदा झन वातावरण पनि दुर्गन्धित हुँदै गएको छ ।

फोहोर संकलन गर्ने ठाउँमा मात्रै नभएर अत्तरिया बजार क्षेत्रमा पनि जताततै फाहोर छरपस्ट फैलिएको छ । विशेष गरेर अत्तरिया क्षेत्रमा रहेको खुला सडकका नाली, अत्तरिया बसपार्कमा जताततै फोहोर फैलिएको भएपनि त्यसको सफाइका लागि ध्यान दिइएको छैन । जसले गर्दा अत्तरिया बजार क्षेत्र दुर्गन्धित देखिने गरेको छ ।

तीन वर्षको लागि गरिएको उक्त सम्झौता अनुसार मातृभूमिले प्रत्येक वर्ष नगरपालिकालाई एक लाख राजश्व तिर्दै आएको छ । यसअघि नगरपालिका आफैले फोहोर संकलन गरेर सोही सामुदायिक बनमा रहेको नदी किनारमा फाल्ने गरेको थियो । तर हाल ठेकेदार कम्पनिले नदी किनारमा नभई सडक छेउमै फोहोर फाल्दा आवतजावत गर्ने स्थानियहरुले समेत सास्ती खेप्नुपर्ने अवस्था छ ।

मानव स्वास्थ्यका लागि फोहोर एकदमै नराम्रो वस्तु हो । फोहोरमैलाकै कारण घातकजन्य विमारीहरु फैलन सक्छन । त्यसैले स्थानीय बसोबास भएको क्षेत्रभन्दा टाढा फोहोर फालिनुपर्दछ । केही समयभित्रै फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आउदैछ । तर त्यो अवधीसम्मका लागि नगरलाई सफा राख्नका लागि फोहोरको उचित व्यवस्थापन हुन जरुरी छ । सो कुरामा ठेकेदार कम्पनीलाई नगरपालिकाले सचेत गराउन आवश्यक छ । मानव स्वास्थ्यसँग जोडिएको कुरामा ढिलाई नगरी जतिसक्दो चाडो फोहोरमैलाको व्यवस्थापन तिर लाग्न अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.