खाेज्नुहाेस

जुवातास निषेध चाडबाड होस्

Image

चाडपर्व आउने बित्तिकै पछिल्लो समय जुवा तासको माहौल बनेको महसुस हुन्छ । चाडपर्वका समयमा गाउँबाहिर वा सहर बाहिर रहेका मानिसहरू पनि घर फर्किने भएकाले गाउँसहरू भरीभराउ हुन्छन् । जसका कारण गाउँसरहतिर पुरुषहरू जम्मा हुने र जुवातास खेल्ने योजना बनिहाल्छ र खेल्न सुरु हुन्छ ।

गाउँबाट या भनौँ सहरबाट पनि विभिन्न कारणले बाहिर रहेका पुरुषहरू पुनः काममा नफर्के सम्म त्यो परिपाटी जारी रहन्छ । जसका कारण घरपरिवार एक आपसमा बसेर मनोरञ्जन एवम् रमाइलो गर्ने माहौल चाडबाडमा पनि जुर्दैन । उल्टो जुवा तासमा पैसा हार्दाको टेन्सनले सताउने काम मात्रै भइरहन्छ । चाडपर्वकै समयमा खेलिने जुवा तासले कतिपयको घरबार समेत बिग्रिने गरेका छन् । लाखौँका बाजीहरू लगाइने भएकाले यो समयको जुवा तासले घरको स्थिति नै समस्यामा पर्न सक्छ । चाडपर्वमा मानिससँग पैसा हुने भएकाले पनि जुवातास बढी खेल्ने गरिन्छ ।

attariya hospital

नेपालीहरूको महान् पर्व दसैँ तिहार भरखरै सकिएका छन् । यो अवधिमा पनि जुवा तासको माहौल कम भएर । यो वर्ष प्रहरीले जुवातास खेल्ने बढी जसो मानिसहरूलाई पक्राउ पनि ग¥यो । तर कतिपय स्थानमा जुवातासकै कारण मानिसले ज्यान गुमाउनुपरेका घटना पनि बाहिर आए ।

navjiwan hospital

अरू समयमा कहिले कसो मात्रै जुवाडेहरू पक्राउ पर्ने भए पनि यो वर्ष दसैँ तिहारका बेला भने दिनहुँ जसो नै जुवाडेहरू समातिए । घर, पसल, चौर तथा होटेलहरूबाट प्रहरीले धमाधम जुवाडे पक्राउ ग-यो ।

प्रहरीले दसैँ तिहारको अवधिमा मात्रै उल्लेख्य सङ्ख्यामा जुवाडे पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार असोज १ गतेदेखि कात्तिक २० गतेसम्म २९ लाख सात हजार २५४ नगदसहित जुवातास खेल्ने ३९७ जनालाई पक्राउ गरिएको छ ।

अरुबेला भन्दा चाडपर्वमा जुवातास खेल्नुलाई परम्परा जस्तै ठान्ने एउटा नराम्रो प्रवृत्ति नै भएका कारण पनि यो समयमा बढी जसो जुवातास खेल्नेहरू समातिने गरेका छन् । यो समयमा मान्छेले दुःखसुख गरेर पैसा पनि जुटाउने, अलिकति माहौल पनि उल्लासमय हुने भएकाले जुवा तासको माहौल बढी हुने गरेको प्रहरीको भनाई छ ।

जुवा तासले सामाजिक रूपमा द्वन्द्व सृजना गर्ने भएकाले पनि यसलाई सरकारले प्रतिबन्ध लगाएको छ । जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गर्ने काम गर्दै आएको छ । तर अझै पनि त्यो समस्या समाधान हुन सकेको छैन । मानिस आफै जानकार भए पनि रमाइलो या भनौँ मनोरञ्जनका लागि भन्दै जुवातास खेल्ने र बाजी थाप्ने काम गर्ने भएकाले यसको नियन्त्रण हुन सकेको छैन । चाडबाडका बेला धेरै जना जम्मा हुने अनि रमाइलोका नाममा जुवा खेलिहाल्ने प्रवृत्ति समाजमा छ ।

जुवा तासको अन्त्य गर्न सबैले हातेमालो गर्न आवश्यक छ । स्थानीय सरकारले पनि यस्तो कुराहरूमा प्रहरीलाई आवश्यक सहयोग गर्नुपर्दछ । कानुनी रूपमा बन्देज गरिएको भएकाले पनि यसको प्रतिबन्धमा सहयोग गर्नु स्थानीय सरकारको दायित्व हो । त्यसैले समाजलाई खलल पु¥याउने यस्ता किसिमका खेलहरूमा प्रतिबन्ध लगाई आम नागरिकलाई सहज रूपमा जीवन जिउने वातावरण तयार गरिनुपर्दछ ।