
काठमाडौँ- बिहीबार सुनको मूल्य ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेर १९६० मा झरेको छ ।अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको थियो ।



















