खाेज्नुहाेस

डिप्रोक्स लघुवित्तद्वारा रामग्राममा एकदिने तरकारी खेती तालिम सम्पन्न

Image

नवलपरासी– नवलपरासीको रामग्राम नगरपालिकामा एक दिने तरकारी खेती सम्बन्धी तालिम आयोजना गरिएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय परासीले संस्थाका सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तरकारी खेती तालिम आयोजना गरेको हो ।

आईतबार आयोजित कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी प्रमुख अतिथि रहेकी थिईन । कार्यक्रममा बोल्दै उनले डिप्रोक्स लघुवित्तले वित्तीय सेवा प्रदान गर्नुका साथै सदस्यहरूको क्षमता विकासका लागि उपयोगी तालिम सञ्चालन गर्दै आएको बताईन । उनले लघुवित्त संस्थाहरूले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गरी सदस्यहरूको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेलेको बताईन । पछिल्लो समय लघुवित्त सम्बन्धमा विभिन्न भ्रम तथा अफवाह फैलाइएका प्रति सचेत रहन सहभागीहरूलाई आग्रह गर्दै उपप्रमुख चौधरीले वास्तविक तथ्य र आवश्यकताका आधारमा मात्र धारणा बनाउन सुझाव दिईन ।

attariya hospital
navjiwan hospital

त्यसैगरी, डिप्रोक्स लघुवित्तका शाखा प्रबन्धक खेमराज ओझाले संस्थाका विभिन्न शाखाहरूले देशभर सदस्यहरूको आयआर्जन वृद्धि, उद्यमशीलता विकास तथा सीप अभिवृद्धिका लागि विभिन्न सिपमुलक तालिम सञ्चालन गर्दै आएको बताए । उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर आयआर्जन वृद्धि गर्न सहभागी सदस्यहरूलाई आग्रह समेत गरे ।
कार्यक्रममा परासी क्षेत्र अन्तर्गतका विभिन्न केन्द्रमा आबद्ध करिब ४५ जना सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अतिथिका रूपमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय पकडीका शाखा प्रबन्धक हरेन्द्र प्रसाद यादव तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारी लक्ष्मण चौधरीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सदस्यहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपले तरकारी खेतीलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । तालिमको सहजीकरण रामग्राम नगरपालिकाका कृषि अधिकृत किरण प्रसाद गुप्ता ले गरेका थिए । कार्यक्रममा तरकारी खेतीको व्यावसायिक उत्पादन, रोग तथा कीरा व्यवस्थापन, आधुनिक खेती प्रविधि, मौसमी तरकारी उत्पादन तथा आम्दानी वृद्धि सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

केन्द्र नं. १३ की सदस्य सुशीला सिंह क्षेत्री को अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन डिप्रोक्स लघुवित्तका कर्मचारी सिकेन्द्र प्रसाद चौधरीले गरेका थिए ।