धनगढी – कैलालीका दुई फरक स्थानमा आइतबार साँझ दुई जना अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा नाम, थर र वतन नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा अन्दाजी ४० देखि ४५ वर्ष उमेरका जस्तो देखिने एक अज्ञात पुरुषको शव फेला परेको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।















