खाेज्नुहाेस

डडेल्धुरा र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया – डडेल्धुरा र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद गरेको छ।

navjiwan hospital

डडेल्धुराको परशुराम नगरपालिका–९ कुयापानी तथा वडा नं. १२ जोगबुढा क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ५१ हजार ८ सय ९० रुपैयाँ बराबरका बिडी, छाता, पास्ता, प्लास्टिक झिल्ली लगायतका सामान आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

attariya hospital

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ३० हजार २ सय रुपैयाँ बराबरका किराना लगायतका सामान वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।