
अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको असार २७ गते साधारण सभा हुने भएको छ । शनिवार अत्तरियाका व्यवसायीहरूको भेलापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष कल्याण सिंह बोहराले सो कुरा बताएका हुन ।
उनले असार २७ गते साधारण सभाको उद्घाटन गरेर असार २८ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने बताए । उनले साधारण सभाका लागि असार १५ गते सम्म सदस्यता नवीकरणको समय तोकिएको बताए ।




















