बेलौरी – कञ्चनपुरको बेलौरीका वीरेन्द्र सिंह बुडाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयले बुडाललाई पार्टीको प्रदेश स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी दिएको हो । प्रदेश सभापति ई. प्रकाश विष्टले बुडाललाई जिम्मेवारी दिइएको पत्र प्रदान गरेका हुन ।

वैशाख ३० गते जारी गरिएको नियुक्ति पत्र अनुसार डा. बुडाललाई पार्टीको विधान, नीति, सिद्धान्त, विभागको नियमावली तथा कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिइएको छ ।
बुडाल बेलौरी नगरपालिका ४ का बसिन्दा हुन ।उनी हाल नोभा हस्पिटल धनगढीमा कार्यरत छन ।


















