खाेज्नुहाेस

नेपाल एसियन गेम्स छनोटको फाइनलमा

Image

काठमाडौं । एसियन गेम्स छनोटको क्रिकेटमा नेपालले फाइनलमा स्थान पक्का गरेको छ । सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।

navjiwan hospital

यससँगै नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि, समुह चरणमा नेपालले मलेसिया र चीनलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो । ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि लोकेश बमले सर्वाधिक नटआउट ४४ रनको योगदान गरे । कप्तान रोहित कुमार पौडेल २१ रनमा नटआउट रहँदा कुशल भूर्तेलले २० रन जोडे । ओमानका लागि समिर ओभथमानले २ विकेट लिए ।

attariya hospital

पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो । ओमानका लागि कप्तान सुफ्यान महमुदले ३८ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमापाल कामी र सन्दीप लामिछानेले २–२ तथा शाहाब आलम, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

अब नेपालले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आजै हुने सेमिफाइनलमा हङकङ र मलेसिया आमने सामने हुनेछन् । यसअघिनै नेपाल, मलेसिया, हङकङ र ओमान एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।