खाेज्नुहाेस

तिहारमा प्लास्टिकका माला नभित्रिउन्

Image

तिहार नजिकिदैछ । फूलै फूलको पर्वका रूपमा चिनिने तिहारमा फुलको व्यापार बढी हुन्छ । तिहारलाई पछ्याएर फूलको खेती गरेका किसानको अहिले निकै व्यस्तता बढेको छ । पछिल्लो समय केही पालिकाहरूले प्लास्टिकजन्य वस्तुहरूको विक्रि वितरणमा रोक लगाएपछि फूल खेती गर्ने किसानहरु अझै यसतर्फ आकर्षित बनेका पनि छन् ।

तिहारमा फूलको व्यापार बढ्ने आशाले फूल खेती गर्ने किसानहरू रातदिन त्यसैमा लागिरहेका छन् । हुन त केही पालिकाहरूले प्लास्टिकजन्य वस्तुको विक्रिवितरणमा रोक लगाएका कारण यो तिहारमा फूलको व्यापार फस्टाउने आङ्कलन गरिन थालिएको छ । तर अझै पनि प्रतिबन्धित रूपमै प्लास्टिक न्यूनीकरण नभइसकेकाले प्लास्टिकजन्य मालाहरूले फूलमालालाई चुनौती दिन्छ की भन्ने डर पनि किसानहरूमा छ ।

attariya hospital

स्थानीय तहहरूले प्लास्टिकजन्य वस्तुहरूको विक्रिवितरण नगर्न भन्दै सूचना जारी गर्ने, अनुगमन गरेर प्लास्टिक बरामद गर्ने लगायतका कार्यहरू गरेको भए पनि कारबाहीको कुनै पनि क्रियाकलापहरू नगरेका कारण यो वर्षको तिहारमा प्लास्टिक माला आउँदैनन् भन्ने कुरामा आशङ्का छ ।

navjiwan hospital

पालिकाहरूले प्लास्टिक निषेध गरेसँगै किसानहरू फूल खेती गर्न थालेका छन् । त्यस्ता किसानहरूलाई यो खेती प्रति निराश हुने अवस्था आउन नदिन आजै देखि प्लास्टिकजन्य वस्तु तथा मालाहरूको विक्रिवितरणलाई कडाइका साथ निषेध गरिनुपर्दछ ।

सुदूरपश्चिमका बजारहरूमा तिहारको समयमा भारतबाट भित्र्याइने प्लास्टिकका मालाहरू छ्यापछ्याप्ती पाइने अवस्था पछिल्लो समय छैन । पालिकाहरूले प्लास्टिक निषेध गरेका कारण केही हदसम्म त्यस्ता मालाहरू को आयातमा कमी आउन सक्छ । तर त्यस्ता वस्तुहरूलाई पूर्ण रूपमा निषेध गर्नका लागि त्यस्ता वस्तुहरूको विक्रिवितरण गर्ने व्यवसायी तथा व्यक्तिहरूलाई कडा कारबाहीको दायरामा ल्याउन सक्नुपर्दछ । सो काम स्थानीय सरकारले नै गर्नुपर्दछ ।

प्लास्टिक निषेध भनेकै कारण किसानहरूको फूल खेती प्रति आकर्षण बढेको छ । त्यसैले स्थानीय सरकारको सूचनाको बेवास्ता गर्ने व्यवसायीहरूलाई कारबाही गर्न सके मात्रै प्लास्टिकजन्य वस्तुहरूको विक्रिवितरणमा कमी आउन सक्छ ।

स्थानियस्तरबाट पनि फूल मालाको प्रयोग गरी आयातित प्लास्टिकका मालाहरूको न्यूनीकरणमा सरकारलाई सहयोग पु¥याउन जरुरी छ । सबैको सहयोग भए मात्रै स्वदेशी उत्पादनले बजार पाउन सक्छ । त्यसैले यस्ता कुराहरूमा सरकार चुक्न हुँदैन ।