
कास्की – जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठीत संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो।



















