खाेज्नुहाेस

आज विश्व हात धुने दिवस

Image

काठमाडौँ- आज अक्टोबर १५, विश्व हात धुने दिवस । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन् ?’ भन्ने नाराका साथ विश्व हात धुने दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

navjiwan hospital

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।

attariya hospital

नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो । डाक्टरहरुका अनुसार साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ । तर अझै पनि ९० प्रतिशत मानिस हात स्वच्छताबारे अनभिज्ञ रहेका नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को योजना तथा अनुगमन शाखा प्रमुख डा। महेश्वर प्रसाद यादवले बताए ।