खाेज्नुहाेस

राष्ट्रपतिले लगाइदिए सर्वसाधारणलाई टीका

Image
राष्ट्रपति पौडेल सर्वसाधारणलाई टीका प्रदान गर्नुहुँदै काठमाडौँ, २६ असोज : राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई विजया दशमीको टीका प्रदान गर्नुहुँदै। तस्बिर : किरणराज विष्ट/रासस
navjiwan hospital

विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिएका छन्। शीतलनिवासमा शनिबार अपराह्न उनले सर्वसाधारणलाई टीकाजमरा प्रदान गरेका हुन्।

दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाइदिएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।

attariya hospital