
काठमाडौँ- प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हिजो अर्थात् असोजको १९ गतेदेखि अनिवार्य अवकाश पाएपछि राउत प्रधानन्यायाधीस बनेका हुन् । उनको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ ।



















