खाेज्नुहाेस

आज विश्व शिक्षक दिवस

Image

आज विश्व शिक्षक दिवस मनाइँदैछ । हरेक अक्टुबर ५ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

navjiwan hospital

सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो । विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ ।विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष विश्व शिक्षक दिवसका लागि ‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।