बाढीपहिरोमा २१८ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परेर देशभर २१८ जनाको मृत्यु भएको बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठमा उनले बाढीपहिरोमा २७ जना बेपत्ता र १४३ जना घाइते भएका बताएका छन् ।

maya metro hospital

बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका ४ हजार २२ जनाको उद्धार गरेका बताए । उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए ।

गृहमन्त्री लेखकले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए ।

 

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.