खाेज्नुहाेस

पुरानै सिलिङको बजेट ल्याउन किन समय खेर फालियो ?

Image

सोमबार सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत ग¥यो । यो सहित प्रदेश सरकारले चालु आर्थिक वर्षमै दुई पटक बजेट प्रस्तुत गरिसकेको छ । सरकारले पुरानै सिलिङको बजेट नयाँ कार्यक्रमका साथ प्रदेशसभामा प्रस्तुत गरेको हो । यसअघि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ३१ अर्व ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । सोही बजेटलाई नयाँ कार्यक्रमका साथ मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले अघि सारेको छ ।

यसअघि ल्याईएको बजेट प्रदेश सभाबाट पास नभएपछि नवगठित सरकारले बजेट ल्याएको हो । तर, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भने बजेटको बहिस्कार गरेका छन । दुवै दलका सांसदहरुले एउटै आर्थिक वर्षको बजेट दुई पटक ल्याउनु गैरसंवैधानिक हुने दाबी गदै विरोध गरेका थिए । विपक्षीदलहरुका विरोधका बावजुद सरकारले बजेट ल्याएको भएपनि पुरानै सिलिङको बजेटलाई अघि सारेको देखिएको छ ।

attariya hospital
navjiwan hospital

यसअघि सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट सिलिङकै आधारमा बजेट प्रस्तुत गरिदा दोस्रो पटक बजेट प्रस्तुत गरियो भनेर अहिले प्रश्न उठेको छ । यसअघि नै नीति कार्यक्रममा टेकेर पुरानै बजेटको सिलिङ भित्र रहेर बजेट ल्याउनु थियो भने २ महिना सम्म किन प्रदेशलाई बजेट बिहिन बनाएको भन्ने प्रश्न उठेको छ ।

पुरानै बजेट ल्याउदा प्रदेश सरकारले आफुले विगतमा गरेको विरोध बिर्सिएको हो ? या अहिले आफु सरकारमा हुँदा आफ्ना केही योजना थप्न मात्रै बजेट रोकिएको हो भन्ने आसंका उब्जिएको छ ।
पुरानै सिलिङका आधारमा बजेट ल्याईनु थियो भने पुरानै बजेट पास गरिनुपथ्र्याे ।

जुन बजेटको विरोध हुँदा हालसम्म सरकार उधारोमा थियो सोही बजेट अहिले आफु सरकारमा हुँदा ल्याईनु प्रदेशमा एक बर्ष भित्र गरिने धेरै काम पछाडि धकेलिएका छन । जसको भरपाई गर्न अब प्रदेश सरकारले अझै बढी मिहेनत गरेर लाग्न आवश्यक छ ।