अत्तरिया – राष्ट्रिय सभा सदस्य रेणु चन्दले सरकारले सुदूरपश्चिमलाई एमबीबीएस कोटाबाट वञ्चित राखेको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएकी छिन । राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशभर एमबिबिएसको कोटा बाडेको सरकारले सुदूरपश्चिमलाई बेवास्ता गरेको बताइन ।
उनले गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चाँडो निर्णय गरिनुपर्ने बताइन ।
‘विधेयक विचाराधीन अवस्थामा छ । निर्णय प्रक्रिया किन ढिलाइ भइरहेको छ । सरकारले बिर्सिसकेको छ सुदूरपश्चिम नेपाल भित्र पर्छ भनेर’ उनले भनिन् ‘देशभरि कोटा बाँडिदा सिङ्गो एउटा क्षेत्र छुटाउँदा सरकार सुदूरपश्चिम बासिको हो कि होइन । यहाँ आएर प्रधानमन्त्रीले दिनुप¥यो । होइन भने विचाराधीन विधेयकलाई तुरुन्त निर्णय गरेर पूर्णता दिुनपर्यो ।’