गोदावरी धामको विकासमा ध्यान देउ

कैलालीको गोदावरी धामलाई पवित्र धार्मिक स्थलका रुपमा लिईन्छ । धार्मिक पर्यटकिय स्थलका रुपमा समेत चिनिने यो धाममा विभिन्न मेलापर्वहरुमा दर्शनार्थीहरुको घुँईचो लाग्ने गर्दछ । गोदावरी धाममा शिव मन्दिर, गोदावरी भगवतीको मन्दिर, ४३ फिट अग्लो हनुमानको मूर्ति लगायत तथा अन्य देवी, देवताका मूर्ति र मन्दिरहरू पनि रहेका छन् । मानिसहरु विवाह, ब्रतबन्ध लगायतका विभिन्न धार्मिक कार्यहरु यहाँ गरिन्छन । यसको विकासका लागि बिभिन्न स्तरबाट अहिले प्रयास पनि भइरहेका छन । गोदावरीमा पहिलो पटक २०७२ सालमा महाकुम्भ मेला लागेपछि यसको चर्चा देशभरी नै भएको थियो । उक्त महाकुम्भ मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

maya metro hospital

महाकुम्भको चर्चाले गोदावरी घाममा मानिसको चहपहल बढेको भएपनि यसको व्यवस्थित विकास भने हुन सकेको छैन । गोदावरी धाममा च्याउ भैm समिति निर्माण भएर भौतिक संरचना बनेका भएपनि ति व्यवस्थित भएनन् । जसका कारण अहिले आफूखुसि अन्दाधुन्द निर्माण संरचनाकै कारण गोदावरी धाम कुरुप बन्न थालेको छ । त्यतिमात्रै नभई आफुखुसी बनेका समितिका कारण गोदावरी धाममा एकमुष्ट रुपमा बजेट ल्याउने र गोदावरीलाई वृहत विकास गर्नका लागि योजना बनाउने कुरा कल्पना गर्न सकिएको छैन ।

यो वर्ष आएको बाढीले धामलाई अझै तहस नहस पारिरहेको छ । भएका भौतिक संरचनाहरु भत्किदैछन्, तटबन्धनको पहल भएको छैन । तटबन्धनका लागि ठुलो बजेटको आवश्यकता पर्ने देखिन्छ । तर जथाभावी रुपमा बनेका समितिहरुले आ–आफ्नो लागि बजेटको जोहो गर्न खोज्दा वास्तवमा गोदावरी धाम संकटमा पर्दै गईरहेको छ । गोदावरीको विकासका लागि वृहत डिपिआर बनाएर काम गर्न आवश्यक छ ।

attariya hospital

जसका लागि वृहत गोदावरीको एक मात्रै समिति बन्न आवश्यक छ । हुन त च्याउ झै उम्रिएका समितिहरुलाई एउटै समिति राख्ने गरी नगरपालिकाले ऐन बनाएको छ । नगरपालिकाले ‘बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन २०७९’ नगरसभाबाट पारित गरेको छ तर त्यो ऐन बनिसक्दा पनि कार्यान्वयन भने अझै हुन सकेको छैन । नगरपालिकाले गोदावरीलाई कुरुप बन्न बाट जोगाउन ऐन कार्यान्वयनमा ध्यान दिनुपर्दछ । त्यसपश्चात सरोकारवाला निकायहरुबाट धामको वृहत्तर विकासका लागि गुरुयोजना बनाई काम गर्न सकिन्छ ।

गोदावरी सुदूरपश्चिम प्रदेशकै मात्रै नभएर देशकै प्रमुख धार्मीक पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढीरहेको छ, त्यसैले यसको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक छ । वर्षेनि जोखिममा पर्दै आईरहेको धामलाई तत्काल केही सुरक्षाको व्यवस्था गर्न जरुरी बनेको छ । नभए नदीको कटानका कारण केही वर्ष भित्रै गोदावरी धामको अस्तित्व धरापमा पर्न सक्ने देखिन्छ । स्थानिय सरकार भएको नाताले नगरपालिकाले त्यसको जिम्मेवारी लिनुपर्दछ र धामको संरक्षणमा अग्रणी भुमिका निर्वाह गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.