खाेज्नुहाेस

तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक

Image

काठमाडौं – गृहमन्त्री रमेश लेखकले दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने बताएका छन । काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै लेखकले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने बताएका हुन ।

उनले तिंकरमा ३–४ महिनाभित्रै अध्यागमन कार्यालय स्थापना गरिने बताए ।

attariya hospital

महाकाली करिडोर, सेती लोकमार्ग लगायतका महत्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्रहरू भारत र चीनसँग जोडिने गृहमन्त्री लेखकको भनाइ छ ।

‘यसका लागि ३–४ महिनामा तिंकर नाकामा अध्यागमनको कार्यालय स्थापना गरि तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु,’ उनले भने, ‘सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ ।’