खाेज्नुहाेस

विद्यालयका सवारी सञ्चालनमा संवेदनशील बन

Image
सोमबार गोदावरी नगरपालिका – ८ स्याउले स्थित दुर्गाज्योती ईंगलिस बोर्डिङ स्कुलको बस दुर्घटना भयो । बस दुर्घटना हुँदा विद्यालयमा अध्ययनरत २ जना १६ वर्षीय र १ जना १४ वर्षीय बालक घाइते भए । २७ जना सवार सो बसले आफ्नै विद्यालयको अर्को बसलाई ओभरटेक गर्न खोजेको बताइन्छ । प्रहरीले पनि सो कुराका पुष्टि गरिसकेको छ ।
attariya hospital
विद्यालय संवेदनशील क्षेत्र हो । विद्यालय क्षेत्र वरपर सवारी साधनहरू बिस्तारै हाँक्न ट्राफिक प्रहरीले विभिन्न सूचना जारी गरिरहेका हुन्छन । तर विद्यालयकै सवारी साधन द्रुत गतिमा चलाइँदा त्यसले पक्कै पनि समाजमा र विद्यार्थीहरूमा नकारात्मक सन्देश जान्छ । विद्यालयमा बालबालिकाहरूलाई शैक्षिक गतिविधिका साथै नैतिक शिक्षा, सांस्कृतिक शिक्षा लगायतका अन्य विभिन्न शिक्षाको ज्ञान दिइन्छ । विभिन्न नीति नियमहरूका बारेमा जानकारी दिइन्छ । तर विद्यालयकै सवारी साधनले त्यसरी नियम मिचिरहँदा त्यसले बालबालिकाहरूको सिकाइमा कस्तो असर पु-याउला भन्ने कुरा सोच्न जरुरी छ ।
navjiwan hospital
विद्यालय र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिने गरिन्छ । शिक्षा जीवनको महत्त्वपूर्ण मेरुदण्ड हो । शिक्षा मानव जातिको सुन्दर गहना हो । यसले समाजमा मानिसको इज्जत र मान प्रतिष्ठा बढाउँछ । समाजमा शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छ । मानिसलाई शिक्षाले दिने सुख आमाले दिने सुख जस्तो महान् हुन्छ । त्यसैले, शिक्षा वा विद्या कुनै पनि व्यक्तिको अमूल्य सम्पत्ति हो । शिक्षा आर्जन गर्ने विद्यालयलाई मन्दिरको रूपमा हेर्न गरिन्छ । तर विद्यालयकै कारण हुने नराम्रा गतिविधिले समाजलाई गलत दिशातिर डो¥याईरहेको हुन्छ । त्यसैले विद्या आर्जन गर्ने मन्दिरलाई अपवित्र बनाउने गरी कुनै पनि गलत गतिविधि गरिनुहुँदैन । विद्यालयको नाम जोडेर बदनाम हुने कुनै पनि किसिमका कार्यका लागि विद्यालय प्रशासन पनि कडाइका साथ लाग्नुपर्दछ ।
आफ्नै बस ओभरटेक गर्दै गर्दा दुर्घटना भएको बसमा साना बालबालिकाहरू सवार थिए, आज ठुलो क्षति हुन बाट बचे पनि त्यही गतिविधि दोहोरिँदा भोलीको दिनमा त्यसले ठुलो दुर्घटना ननिम्त्याउला भन्न सकिन्न । यदि त्यसो भए देशको भविष्य बोकेका र देश विकासका निम्ति उभिँदै गरेका कर्णधार हामीले गुमाउन पुग्छौ । त्यति मात्रै नभई एउटा अभिभावकले विश्वासका साथ विद्यालयलाई सुम्पिएको आफ्नो आधा जीवन पनि गुम्छ । त्यसैले संवेदनशील क्षेत्रका कुनै पनि गतिविधि संवेदनशील तरिकाले गरिनुपर्दछ । त्यसमा विद्यालय प्रशासनले बढी चासो र ध्यान दिनुपर्दछ ।