खाेज्नुहाेस

धौलीगंगाका ढोका खोलिए, महाकाली तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Image

अत्तरिया – भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेको छ । ढोकाको सिल्ट सफाईको लागि शनिबार विहान ८ः१५ मा बाधको ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

navjiwan hospital

जिल्ला प्रशासन कार्यालय बैतडीले आइतबार सम्म महाकाली नदीको जलस्तर बढ्ने सम्भावना भएकाले पुर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।

attariya hospital

बाधको ढोका खोलेपछि जारी गरिएको सूचनामा भारतीय पक्षबाट ढोका खोलेको विषयमा मौखिक जानकारी आएको उल्लेख गरिएको छ ।