खाेज्नुहाेस

कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

Image

कञ्चनपुर- कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति भीमदत्त नगरपालिका-४ ब्रह्मदेव हाइवे जिरो प्वाईन्टमा म१प ११४५ नम्बरको मोटरसाइकलले म२प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

navjiwan hospital

उक्त दुर्घटनामा म१प ११४५ नम्बरको मोटरसाइकलका चालक शुक्लाफाँटा नगरपालिका-५ बस्ने ४० वर्षीय रूद्रबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

attariya hospital

त्यस्तै अर्को मोटरसाइकलका चालकको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।