साउनलाई संस्कारको रूपमा अंगालौ

साउन महिना सुरु हुँदै गर्दा अहिले महिला तथा युवतीहरूले हरियो लुगा तथा चुरा लगाउने गर्दछन् । यो महिनामा महिलाहरू एक प्रकारको पर्व जस्तै मनाउन सुरु गर्दछ । विशेष महत्व एवं मनोकांक्षाका साथ साउन महिनामा महिलाहरूले हरियो पहिरनलाई प्रमुखता दिने गरेका छन् ।

Karma Consultancy

महिलाहरू हरियो पहिरनमा सजिएपछि छुटै रौनकता झल्किने गरिन्छ । प्रत्येक रंगको आफ्नै विशेषता एवं महत्व छ । प्रेम र वातावरणको प्रतीकको रूपमा मानिने हरियो पहिरनले सोही अनुसार प्रतिबिम्ब हुन्छ । पतिको दीर्घायुको कामनाको लागि साउनमा महिलाले हरियो चुरा र मेहन्दी लगाउने गरेको भए पनि पछिल्लो वर्षहरूमा भने यसलाई फेसनका रूपमा अँगाल्न थालिएको छ ।

citizen security services

खास गरी युवती, स्कुल क्याम्पस पढ्ने किशोरी/युवतीहरू फेसनमा उत्रिने गरेका छन् । फेसन बढ्दै जाँदा मेहदी सँगै हरियो चुरामा विभिन्न रंगका चुरा मिलाएर लगाउने गरिएको पाइन्छ । खास गरी विवाहितले हरियोसँगै रातो र क्याम्पस पढ्ने युवतीहरूले हरियोसँगै पहेँलो चुरा मिसाएर लगाउने गरेको देखिन्छ ।

attariya hospital

साउनमा हरियो चुरासहितको पहिरन लगाउँदा यही हुन्छ भन्ने धेरैलाई थाहा पनि छैन । लहैलहैमा, देखासिकीमा चुरा लगाउने गरेको पाइएको छ । त्यसमा पनि अहिले यो परिहीनलाई संस्कृतिका रूपमा नभई फेसनका रूपमा बढी महत्त्व दिन थालिएको छ । जसले गर्दा अस्वाभाविक रूपमा जथाभाबी खर्च गर्ने पनि चलन बढेको छ ।

साउनको महिनामा हरियो पहिरन लगाएर भगवान् शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । यो एउटा धर्म र संस्कृतिका लागि पवित्र महिना हो । साउनमा हरियो, पहेँलो र रातो चुरा पोते एवं कपडा लगाउनुको छुट्टै रूपमा अर्थ्याइएको छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रूपमा अर्थ लगाइएको छ । यस कारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन चलेको हो ।

महिलाहरू शुद्ध शाकाहारी खाना खाने अथवा यो महिनाको सोमबार व्रत बस्ने गर्दछन् । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ । त्यसैले महिलाहरूले बढी महत्वको साथ धार्मिक र सांस्कृतिक रूपमा यस महिनालाई बढी महत्त्व दिएको पाइन्छ ।

सांस्कृतिक रूपमा ठुलो महत्त्व बोकेको यो महिना र हरियो पहिरनलाई फेसनका रूपमा प्रयोग गरिनु हुँदैन । साउनमा महादेवको पूजा आराधनाले शिव पार्वतीले प्राप्त गरेको सफलता र शक्ति भक्तजनहरूले पनि प्राप्त गर्ने जनविश्वास रहेको छ । त्यसैले यो महिनालाई फेसनको रूपमा नभई संस्कृति र संस्कारको महिनाको रूपमा अँगाल्न सकौँ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.