अत्तरिया – कैलालीको अत्तरियामा वेवारिसे शव फेला परेको छ । मंगलबार अत्तरियाको बसपार्क नजिकै अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।
शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उक्त शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।