अत्तरिया – कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वासबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन ।

बिहिबार लागू औषध मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएका पुनर्वास नगरपालिका – १ का ५७ वर्षीय स्यानु पल्टा राना थारु र लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – १३ का २२ वर्षीय देवेन्द्र राना पक्राउ परेका हुन ।

दुवै जनालाई उनीहरुको घरबाटै पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















