अछाम – अछामको चौरपाटी गाउँपालिका – ६ दुनि सेलपाखाका ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका ९ परिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सारेको हो ।

गाउँपालिकाले ससस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा जोखिममा रहेका परिवारलाई नजिकैको सामुदायिक स्वास्थ्य इकाईमा सारेको गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले जानकारी दिए ।

उनले पहिरोको जोखिममा रहेका परिवारहरुको सुरक्षित बासस्थानका लागि व्यवस्थापन गरिएको बताए । विस्थापित परिवारहरुका लागि अध्यक्ष साउँदले त्रिपाल पनि उपलब्ध गराएका थिए ।


















