एजेन्सी- बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतलाई चन्दीगढ विमानस्थलमा थप्पड हान्ने महिला सीआईएसएफ कन्ष्टेबल कुलबिन्दर कौरको सरुवा भएको छ ।

विमानस्थलमा कंगनालाई थप्पड हानेपछि निलम्बनमा परेकी उनको अहिले निलम्बन फुकुवा गरेर जागिरमा बहाल गरिएको छ । कौरलाई बैंगलुरु सरुवा गरिएको बताइएको छ ।

कंगनालाई थप्पड हानेपछि सीआईएसएफ कन्ष्टेबलको एउटा भिडियो आएको थियो । त्यसमा उसले थप्पड हान्नुको कारण बताएकी थिइन् ।
कंगनाले सय/सय रुपैयाँ लिँदै किसान आन्दोलनमा महिलाहरू बसेका छन् भन्ने अभिव्यक्ति दिएको समयमा आफ्नी आमा पनि आन्दोलनमा जाने गरेको ती महिलाको भनाइ थियो । लोकसभा निर्वाचनमा कंगना निर्वाचित भएलगत्तै थप्पड काण्ड भएको थियो ।

















