
काठमाडौँ- देशका ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार ७७ जिल्लामध्ये जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण पनि फैलिँदै गएको बताइएको छ ।


















