अत्तरिया – बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु भएको छ ।
छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा अवरुद्ध राजमार्ग सुचारु भइसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
डोजर प्रयोग गरेर सडक सुचारु गरिएको प्रहरीको भनाइ छ ।