खाेज्नुहाेस

प्रेममा छिन् श्रद्धा ?

Image

एजेन्सी- यतिबेला अभिनेत्री श्रद्धा कपूर व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । अभिनेत्रीले आफ्नो सोशल मिडिया ह्यान्डलमा पहिलो पटक राहुल मोदीसँग खिचेको फोटो सेयर गरेकी छिन् ।

उनले आफू प्रेममा रहेको पुष्टि गरेकी छिन् । श्रद्धाले लामो समयदेखि राहुललाई डेट गरिरहेको हल्ला चलेको थियो । केही सञ्चारमाध्यमले उनी छिट्टै विवाह गर्ने योजना बनाइरहेको दाबी पनि गरेका थिए ।

attariya hospital
navjiwan hospital

यसैबीच उनले राहुल मोदीसँगको आफ्नो सम्बन्धलाई अफिशियल गर्दै इन्स्टाग्राम स्टोरीमा राहुलसँगको एउटा सेल्फी पोस्ट गरेकी छिन् । पोस्टमा मुटुको इमोजीको साथमा ‘मुटु राख तर निद्रा त फिर्ता देउ’ भनेकी छिन् । हालै श्रद्धाले घाँटीमा ‘आर’ अक्षरको पेण्डेन्ट लगाएकी थिइन् ।

श्रद्धा–राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’को सेटमा भएको र यही सेटबाट प्रेम कथा सुरु भएको हल्ला छ ।

shradhya