खाेज्नुहाेस

अछाममा झोलुंगे पुलमा फसेका ११ खच्चरको उद्धार, २ वटाको मृत्यु (अपडेट)

Image

अत्तरिया– अछाममा झोलुंगे पुलमा फसेका ११ खच्चरको उद्धार गरिएको छ । अछाम प्रहरीका अनुसार फसेका खच्चरलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका–४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चर पुलमा फसेका थिए । तीमध्ये ११ खच्चरको उद्धार गरिएको, २ खच्चर मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

navjiwan hospital

खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । ‘पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो’, उनले भने, ‘बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।’

attariya hospital

उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए । आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने उक्त पुलको एकातर्फको लठ्ठा चुँडिएको थियो । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ ।