खाेज्नुहाेस

अछाममा आगलागीबाट एक लाखको क्षती

Image
navjiwan hospital

अत्तरिया – अछामको रामारोसनमा आगलागी हुँदा एक लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार रामारोसन गाउँपालिका – ५ सल्लीसैन दासबाँडाका जगत दासको २ तले २ कोठे ढुङ्गा माटोले बनेको घरमा बिजुलिको सर्भिस तार सर्ट भइ आगलागी हुँदा सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु जलेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

attariya hospital