खाेज्नुहाेस

भारतको छत्तीसगढमा पिकअप भ्यान दुर्घटना हुँदा १८ मजदुरको मृत्यु

Image

काठमाडौं– भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।

navjiwan hospital

दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

attariya hospital

कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप भ्यानमा गाउँ सेमराहा फर्किरहेका थिए । पिकअप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उक्त दुर्घटनामा १५ मजदुरको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।