खाेज्नुहाेस

आज भारतमा ८०औँ स्वतन्त्रता दिवस मनाइँदै

Image

काठमाडौँ – भारतले आज ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । यस वर्षको समारोह राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्षको विरासत र सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने यात्रामा युवाशक्तिको योगदानमा केन्द्रित हुनेछ ।

navjiwan hospital

झण्डा फहराउने क्रममा २१ तोपको सलामी दिइनेछ । त्यसपछि ‘वन्दे मातरम्’ प्रस्तुत गरिनेछ र राष्ट्रिय गान गाइनेछ । भारतीय वायुसेनाका दुई हेलिकप्टरबाट राष्ट्रिय झण्डा तथा ‘वन्दे मातरम्’ अंकित झण्डासहित समारोहस्थलमा फूलका पात झारिने कार्यक्रमसमेत रहेको छ । त्यसपछि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

attariya hospital

समारोहमा सेना, नौसेना, वायुसेना, प्रहरी, राष्ट्रिय छात्र संगठन तथा ‘माई भारत’ का गरी करिब २ हजार ५०० युवा सहभागी हुनेछन् । उनीहरूले लालकिल्लासामु रहेको ज्ञानपथमा ‘वन्दे मातरम्’को आकृति बनाउनेछन् । यस वर्ष विभिन्न क्षेत्रबाट करिब ५ हजार विशेष अतिथिलाई समारोहमा आमन्त्रण गरिएको बताइएको छ ।