खाेज्नुहाेस

सिन्कीको शव तीन दिन देखि अस्पतालमै, जुटेन सहमति आज पुनः छलफल हुँदै

Image

अत्तरिया – कैलालीको अत्तरिया बसले ठक्कर दिँदा मृत्यु भएकी बझाङको मष्टा गाउँपालिका – ६ घर भई हाल गोदावरी नगरपालिका – १ मा बस्दै आएकी सिन्की बोहरा शव अझै अस्पतालमै रहेको छ ।

navjiwan hospital

सिन्कीलाई आइतबार महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले ठक्कर दिएको थियो । उनी बसपार्कमा पानी, भुजा बेच्दै आएकी थिइन ।

attariya hospital

दुर्घटनापछि स्थानीय र आफन्तले बस चालकलाई कडा कारबाहीको माग गर्दै आइतबार साँझ अत्तरिया बजारमा विरोध समेत गरेका थिए । हाल मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

दोषीलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिका लागि सोमबार पनि इलाका प्रहरी कार्यालय मालाखेतीमा छलफल भए पनि सहमति भने जुट्न सकेको छैन । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हीरा महराले छलफलमा सहमति नभए पनि आज मंगलबार बिहानका लागि पुनः छलफलमा बोलाइएको बताए ।