खाेज्नुहाेस

ईन्डोर खेलमैदान निर्माणमा ढिलाई नगर

Image

शनिबार धनगढीमा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । उक्त प्रतियोगितामा सुदूरपश्चिमका मात्रै नभई अन्य प्रदेशका खेलाडीहरुले पनि सहभागिता जनाएका थिए । कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको गोदावरी विकास समितिले उक्त प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रदेशस्तरिय भन्दा बढी ठुलो उक्त प्रतियोगिता अत्तरियामा आयोजना गर्ने वातावरण नबन्दा आयोजकले धनगढीमा प्रतियोगिता आयोजना गर्नुप-यो । प्रतियोगिता आयोजनाका लागि अत्तरियामा उपयुक्त ईन्डोर खेलमैदान थिएन् । जसका कारण आयोजकले धनगढी स्थित प्रहरी पब्लिक बहुउद्देश्यिय हलमा प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा धनगढीकै टोलीले उपाधी जित्न सफल भयो ।

attariya hospital

अत्तरिया क्षेत्रमा पछिल्लो समय ईन्डोर खेलमैदानमा खेलिने खेलहरुमा आर्कषण बढ्दो छ । ईन्डोर खेलमैदानमा खेलिने ब्याटमिन्टन, तेक्वान्दो, कराँते, भलिबल लगायतका खेलहरुतिर अहिले युवायुवतीहरुले बढी समय दिन थालेका छन । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत खेलाईएको कँराते खेलबाट तत्कालिन सेती अञ्चललाई पहिलो पटक स्वर्ण दिलाउने काम गोदावरी नगरपालिकाकै खेलाडीले गरेकाले पनि गोदावरीक्षेत्रका युवायुवतीहरुका लागि तेक्वान्दो खेल प्रेरणाको स्रोत बन्ने गरेको छ । पछिल्लो समय यहाँ ब्याडमिन्टन मा त झन युवा देखी अधवैशे सबैको ध्यान जाने गरेको छ ।

navjiwan hospital

ब्याडमिन्टनमा क्रेज भएपनि र खेल्ने ईच्छाशक्ति भएर पनि खेलमैदानको अभावका कारण युवाहरुलाई अभ्यासमा समस्या हुने गरेको छ । अत्तरियाक्षेत्रमा ईन्डोर खेलमैदानमा खेलाईने कतिपय प्रदेशस्तरिय प्रतियोगिताहरु आयोजकले खुल्ला चौरमा खेलाउनुपरेको अवस्था छ । उचित ईन्डोर खेलमैदान नहुँदा समस्या भैरहेको अवस्थामा सम्बन्धीत निकायले पनि त्यसको समाधानका लागि पहलकदमी गर्न सकेको छैन ।
नियमित खेलिने यस्ता खेलहरु ईन्डोर खेलमैदानको अभावका कारण पानि पर्दा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । ईन्डोर खेलमैदानकै अभावका कारण खेलमा राम्रो क्रेज हुदाँहुदै पनि गुपचुप बस्नुपर्ने बाध्यता खेलाडीहरुमा छ । नजिकैका शहरहरु धनगढी र महेन्द्रनगरमा यस्ता खेलहरुका लागी ईन्डोर खेलमैदान बनाईएका छन ।

ति शहरहरुमा रंगशालाहरु समेत निर्माण गरिएका छन । तर नजिकै रहेको अत्तरियामा रंगशालाको त कुरै छोडौ ईन्डोर खेलमैदान समेत बन्न सकेको छैन । यस्तो अवस्थामा नगरमा भएका खेलाडीहरुको भविष्य अन्यौलमा पर्ने सम्भावना देखिन्छ । राम्रो अभ्यास नहुँदा प्रतियोगीतामा विजय हासिल गर्न सकिदैन, तर राम्रो प्रतिष्पर्धाका लागी आवश्यक कुराहरु अत्तरियामा छैनन । त्यसैले यहाँका खेलाडीहरु असिमित प्रतिभाका बिच पनि पराजय भोगेर आउने गर्दछन ।

अर्धनिर्माणको अवस्थामा रहेको ईन्डोर खेलमैदानले पनि पुर्णता पाउन सकेको अवस्था छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगबाट अर्धनिर्माणको अवस्थामा रहेको नगरपालिकाकै वडा नं. ३ मा रहेको ईन्डोर खेलमैदान आर्थिक अभावका कारण पुर्ण रुपमा बन्न सकेको छैन ।

त्यस्ता कुरामा सम्बन्धीत निकायले विचार पु¥याउन जरुरी छ । ईन्डोर खेलमैदानका कारण धेरै खेलाडीहरुले राम्ररी प्रशिक्षण गर्न पाउँछन भने त्यसको निर्माणलाई पुर्णता दिने कार्य यथाशक्य गरिनुपर्दछ । खेलले नै व्यक्ति, समाज, शहर र नगरको पहिचान दिलाउने कुरामा दुई मत छैन । त्यसैले नगरको विकाश र पहिचानका लागी पनि यस्ता कुराहरुमा नगरपालिकाले ध्यान दिनुपर्दछ । जिल्लास्तरिय तथा प्रदेशस्तरिय ईन्डोर खेलहरु आयोजना गर्नका लागी अत्तरियामा खेलमैदान छ भन्ने वातावरण सिर्जना गनुर्पदछ । ईन्डोर खेलहरुको नियमितताका लागी आधा बनेको अवस्थामा रहेको इन्डोर खेलमैदानलाई पुर्णता दिने सवालमा सम्बन्धीत निकायले तदारुकता देखाउन आवश्यक छ ।