बझाङ – बझाङमा भालुको आक्रमणबाट दुई जना घाईते भएका छन ।

जिल्लाको थलारा गाउँपालिका – ८ मा भालुको आक्रमणबाट सोही वडाका ६० वर्षिय मदनराज जोशी र उनकी कान्छी छोरी देवशरा जोशी घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घर नजिकै राखिएको मौरी घारमा गएका जोशि र उनकी छोरीलाई शनिबार विहान ७ बजेतिर २ वटा भालुले आक्रमण गरेर घाइते बनाएको हो ।
भालुको आक्रमणबाट उनिहरुको अनुहार, टाउको र हातमा गहिरो चोट लागेको बताइएको छ । घाईते दुवै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।














