बझाङ – बझाङमा मतदान सकिएको छ । जिल्लामा शनिबार भएको उपनिर्वाचनको मतदान सकिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । कार्यालयका अनुसार बझाङमा २९ हजार ७ सय ३८ जनाले भोट हालेका छन ।

जिल्लामा प्रदेश सभा सदस्यका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान भएको थियो । शनिवार बिहान ७ देखि साँझ ५ बजेसम्म जिल्लामा मतदान भएको हो ।

बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा शनिबार उपचुनाव भएको हो ।
















