खाेज्नुहाेस

धनुष र ऐश्वर्याले दिए सम्बन्ध विच्छेदको निवेदन

Image

एजेन्सी- अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । दक्षिण भारतीय फिल्मको लोकप्रिय यो जोडीले सोमबार चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् ।

navjiwan hospital

इण्डिया टुडेका अनुसार कानुनको धारा १३–बी अनुसार आपसी सहमतिबाटै उनीहरुले डिभोर्स गर्ने भन्दै निवेदन दायर गरेका हुन् । सन् २०२२ को जनवरीमा यी दुईले अलग हुने घोषणा गरेका थिए । अलग हुने घोषणाको डेढ वर्षपछि दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् ।

attariya hospital

विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको दाम्पत्य जीवन टुंगिन लागेको हो । यी दुईको विवाह सन् २००४ मा भएको थियो । उनीहरूका दुई छोरा यात्रा र लिंगा छन् । पछिल्लो दुई वर्षदेखि दुवैजना अलग बस्दै आएका छन् ।