खाेज्नुहाेस

अभिनेत्री रकुलले गरिन् विवाह

Image

मुम्बई- बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । उनीहरुले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

navjiwan hospital

बुधबार भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा उनीहरूले विवाह गरेका हुन् । रकुल र ज्याकीले विवाहका केही तस्वीरहरु आआफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै सधैंका लागि एकअर्काको हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

attariya hospital

विवाह समारोहमा बलिउडका थुप्रै सेलिब्रेटी सहभागी थिए । जसको तस्बिर समेत उनीहरूले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।