डडेल्धुरा – डडेल्धुराको बागबजारमा आगलागी हुँदा तीन पसलमा क्षति भएको छ । शनिवार राति बागबजारको शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
पसलमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको छ ।