अत्तरिया – विवादपछि गेटामा अनशन नबसेरै फर्किएका प्रा. डा. गोविन्द केसीले धनगढीमा अनशन सुरु गरेका छन । पुर्व निर्धारित कार्यक्रम अनुुसार शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिन गेटामा अनशनमा बस्ने घोषणा गरेका डा. केसी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति सँग वादविवाद गर्दै अनशन नगरी फर्केका थिए ।
गेटाबाट फर्किएका डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन सुरु गरेका हुन ।

डा. केसीले शुक्रबार दिउँसो सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको थियो । डा. केसीको उक्त माग अव्यवहारिक भएको भन्दै संर्घस समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर फर्किएका थिए।
सम्बन्धित समाचार : विवादपछि अनशन नबसेरै फर्किए डा. गोविन्द केसी















