खाेज्नुहाेस

च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै गोदावरीका डिग्री होल्डर जोशी दम्पती

Image

अत्तरिया – उच्च शिक्षा हासिल गरेर जागिर गर्ने, नभए विदेश जाने लहरका बीच जोशी दम्पती भने गाउँमै च्याउ खेतीमा रमाएका छन । अर्थशास्त्रमा स्नातकोत्तर (डिग्री) गरेका डिल्ली राज जोशी र सामाजशास्त्रमा डिग्री गरेकी उनकी श्रीमती विश्ना कुमारी जोशीले कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा लोभलाग्दो च्याउ फर्म संचालन गरेका छन् ।

सरकारी जागिरे बुबाको चाहना विपरित उच्च शिक्षा हासिल गरेर च्याउ खेती गरेका डिल्लीलाई श्रीमतीले पनि साथ दिएपछि अहिले उनको व्यवसाय सफलता तर्फ अग्रसर छ । त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका जोशीले अध्ययन गर्ने सिलसिलामै कृषि क्षेत्रमा काम गर्ने योजना बनाएका थिए ।

add everest academy
attariya hospital

सोही योजना साकार पार्न उनी काठमाण्डौमा पढ्दै गर्दा कृषि फर्ममा ज्यामीको रुपमा काम गर्न थाले । च्याउ फर्ममा ज्यामीको रुपमा काम गरेका उनले त्यहाँबाट कैलाली फर्किदा च्याउका १ सय पोका बिउ ल्याएर आएका थिए । ‘पढेलेखेका युवा पनि कृषिमा लागेका छन भन्ने सन्देश दिन पनि म च्याउ खेतीमा आवद्ध भएको थिए’ उनले भने ‘सुरुमा ५० पोका खेती गरेको थिए । जसमा १५ हजार जति लगानी लागेको थियो ।’

१२ वर्ष अघि सानो लगानीबाट च्याउ खेतीमा लागेका जोशीले सानो लगानीमा सोचे अनुसार प्रतिफल नआउने देखेपछि च्याउ खेती सँगै शिक्षक पेसा पनि अँगालेका थिए । च्याउ खेती सँगै अत्तरियाको दुर्गालक्ष्मी नमूना माविमा शिक्षण पेसा गरेका उनी हाल सो पेसा छोडेर पुरै समय च्याउ खेतीमै दिइरहेका छन ।

८ वर्ष देखि गरिरहेको शिक्षण पेशा छोडेर पुरै समय च्याउ खेतीमा दिइरहेका जोशीलाई उनकी श्रीमतीले सघाउने गरेकी छिन । डिल्लीले फर्ममा बजारीकरण, वाह्य व्यवस्थापन र प्राविधिक कुरा हेर्ने गरेका छन भने उनकी श्रीमतीले फर्म भित्र नियमित गरिने काम हेर्ने गरेकी छिन ।

attariya technical collage
navjiwan hospital

‘मैले जे गरेपनि आफ्नै व्यवसाय गर्नुपर्छ भनेर कृषि व्यवसाय सुरु गरेको थिए’ उनले भने ‘कृषिमा सुधार गर्दै व्यवसायीक रुपमा काम गर्न मैले यसमा हात हाल्ने योजना बनाएको थियो । मैले कृषि क्षेत्रमा काम गर्न सके देशकै अर्थतन्त्रका सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भनेर अन्य युवालाई प्रोत्साहन गर्न पनि कृषि क्षेत्रमा हात हालेको हुँ ।’

सुरुमा काम गर्दा सोचेअनुसारको नाफा लिन नसकिएको उनी बताउँछन । ‘बजारमा त्यो समयमा च्याउ किनेर खाने मानिस नै धेरै कम थिए । ब्राह्मणले च्याउ खानु हुँदैन भन्ने परिवारबाट हुर्किएर च्याउ खेती गदा निकै स्ट्रगल गर्नु परेको थियो’ उनले भने ‘सुरुको ३ वर्षमा त नाफा नै भएन । मैले सुरुमा शिक्षण पेशा सँगै च्याउ खेती गरिरहेको थिए । झन तलब बुझेर च्याउ खेतीमा लगाउनु पर्ने अवस्था आयो ।’

पछिल्लो सयम प्रगति हुँदै जादा परिवारमा पनि राम्रो वातावरण बनेको उनी बताउँछन । १०÷१५ हजार देखि सुरु गरेको उनको च्याउ खेतीमा अहिले २ करोडको हाराहारीमा लगानी पुगिसकेको छ । ३० हजार पोकामा च्याउ खेती गरेका उनले वार्षिकी रुपमा सबै खर्च कटाएर १० लाख सम्म आम्दानी हुने गरेको बताए । उनले च्याउ खेतीबाट हुने आम्दानीले घर खर्च चलाएर आफूहरूको योग्यताको कदर पनि भएको बताए ।

उनले उत्पादन गरेको च्याउ सुदूरपश्चिमका ९ जिल्ला सँगै कर्णाली प्रदेशमा पनि पुग्ने गरेको छ । १७ जनालाई रोजगारी दिएका उनले खाली घरमा बस्ने महिलाहरूले गाउँमै रोजगारी पाएको बताए ।

उनले नेपालमा काम गर्न केही समस्या भएपनि मेहेनत गर्न सके राम्रो प्रतिफल लिन सकिने बताए । उनले आगामी दिनमा च्याउको उत्पादन संगै च्याउका बिभिन्न बस्तु बनाउने योजना रहेको बताए । उनले च्याउनको पाउडर, अचार, मसरुमको खानेकुरा पाउने रेष्टुरेन्ट खोल्ने योजना रहेको बताए ।