खाेज्नुहाेस

पुर्वतयारी आवश्यक (सम्पादकीय)

Image

शुक्रबार राती ११ :४७ मा जाजरकोटको बारेकोट नगरपालिका – १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । रातीको समयमा भएकाले उक्त भूकम्पले ठूलो धनजनको क्षती ग¥यो । भूकम्पले देशभर त्रासको वातावरण सृजना गरेको छ । केही समय अघि सुदूरपश्चिमकै पहाडी जिल्ला बाजुरामा पनि भूकम्पले क्षती गरेको थियो ।

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु बनाएर गएको भुकम्प ५.९ रेक्टर स्केलको थियो । जसका कारण पहाडी केही जिल्लाहरुमा धनजनको क्षती भएको थियो । केही वर्ष अगाडी देशको राजधानी काठमाण्डौमा समेत भुकम्पले प्रकोप ल्याएको थियो ।

attariya hospital
navjiwan hospital

त्यसताका देशले ठूलो मात्रामा धनजनको क्षती व्यहोरेको थियो । यस्ता कयाँै उदाहरणहरु अझै छन । भूकम्पका कारण देशले पटक–पटक क्षती बेहोर्नुपरिरहेको छ । जाजरकोटमा गएको भूकम्पका कारण कयौँ मानिसहरुको मृत्यु भैसकेको छ भने सयौँको संख्यामा मानिसहरु घाईते बनेका छन । उनीहरुको उपचारमा पनि विभिन्न समस्याहरु आईरहेका छन । स्वास्थ्यकर्मी अभाव, रगत अभाव, स्वास्थ्य सामग्री लगायतका वस्तुहरुको अभाव जाजरकोटमा खट्किरहेको छ । केही प्रदेश सरकारले जाजरकोटका लागि त्यस्ता वस्तुहरुको सहयोग प्रदान गरिरहेका छन ।

जिल्ला, प्रदेश या पालिकाले प्राकृतिक विपद्का लागि पुर्वतयारी नगर्दा विभिन्न समस्याहरु आउने गरेका छन । प्राकृतिक विपत्तिको सामना गर्नका लागि पुर्वतयारी अपनाउन आवश्यक छ । तर, सरकाले प्राकृतिक विपत्तिका लागि गरिने तयारीलाई ध्यान नदिदाँ विगतमा धनजनको क्षती बढी भएका छन ।

प्राकृतिक विपत्ति जुनसुकै बेला आउन सक्छ । जानकारी बिनै आउने विपत्तिले बढी क्षती निम्त्याउने भएकाले त्यस्ता विपत्तिका लागि तत्काल आवश्यक पर्ने कुराहरुको पुर्वतयारी गर्न जरुरी हुन्छ । घाईतेलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री, खाद्यान्न लगायतका अन्य पुर्वतयारीहरु सरकारले तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । त्यसका साथै पानिजन्य विपद्हरुका लागि पनि पुर्वतयारी गर्न आवश्यक छ ।