२७ नोभेम्बर २०१३ मा नेपालले हङकङलाई क्रिकेटमा हराएर विश्वकपमा छानिएपछी सारा नेपालमा खुसीको सिमा थिएन । भरखरै बामे सर्दै गरेको नेपालको क्रिकेट टिम पहिलो पटक टि–२० विश्वकपमा छानिएको थियो । नेपालमा क्रिकेटको क्रेज उत्तिकै । क्रिकेटका अन्य देशहरु र त्यहाँका खेलाडीका सर्मथक बनेर चियर गर्ने हामी नेपाली आफ्नै देशको टोली विशवकपमा जाँदा खुसीका साथसाथै उत्साहित नहुँने कुनै भएन । २०१४ को टि–२० क्रिकेट विश्वकपमा छनौट भएर खेल खेल्ने मौका पाएको नेपाली क्रिकेट टोली त्यसपछि भने झन झन ओरालो लाग्दै गयो ।
त्यसपछिका ३ वटा विश्वकपहरुमा छनौट हुन सकेन । सन २०१६, २०२१ र २०२२ मा नेपाल वल्र्ड कपमा छनौट हुन सकेन । २०१४ को वल्र्ड कप खेलेको नेपालको हालत दिनप्रतिदिन खस्किदै जाँदा नेपाली क्रिकेट सर्मथकहरु निराश बनेका थिए ।


तर करिब १० वर्षपछि पुनः नेपालले आफ्ना सर्मथकहरुलाई खुसी दिलाएको छ । विभिन्न आरोह अवरोहहरुका बीच डुब्दै गएको नेपाली क्रिकेटले पुनः शिखर चढ्न थालेको छ । देशको राजनैतिक अवस्था र खेलाडीहरु बिचको मतभेदका कारण २०२२ को वल्र्ड कप छनौटमा नराम्ररी पछारिएको नेपाली क्रिकेट टिम एक वर्षको अन्तरालमा भने जुर्मराएको छ । २०२२ को टि–२० विश्वकपमा नेपालको सपना ध्वस्त पारेको युएईको सपनामा यसपटक नेपालले बिराम लगाएको छ । २०२२ को बदला नेपालले युएईसँग लिएको छ ।
भौतिक संरचनाको अभाव, खेल सामग्रीको अभाव, मुख्य कुरा उचित खेलमैदानको अभाव हुदाँहुदै पनि नेपाली क्रिकेट टिमले देखाएको सामथ्र्य अविश्वसनिय छ । नेपालको विश्वकपमा छनौट हुने आधारसिला तयार पार्ने टिमका मुख्य प्रशिक्षक मोन्टि देसाई पनि नेपालीहरुको खुसीका सारथी बनेका छन । सन् २०१४ को टि–२० विश्वकप खेलेको नेपाललाई सन् २०२४ को विश्वकपमा पुनरागमन गराउने व्यक्ति उनि नै हुन । नेपाली टिमलाई एसिया कप र विश्वकपमा पु¥याउने मोन्टि देसाईको सपना साकार भएको छ ।
सन् २०१४ को विश्वकपमा नेपालले राम्रो खेल प्रर्दशन गरेको थियो । पहिलो राउन्डबाट रनरेटका कारण नेपाल बाहिर भएको थियो । नेपाल र बंगलादेशको समान ४ अंक रहेपनि नेट रन रेटमा पछि पर्दै नेपाल दोस्रो राउण्डमा पुग्न सकेको थिएन । तर यसपटक नेपालले २०१४ को भन्दा अझै उत्कृष्ट खेल प्रर्दशन गरोस । हुन त विगतको टिमभन्दा केही फरक महसुस यो टिमले गराएको छ । विगतलाई विर्सदै विश्वकपमा सारा नेपालीहरुलाई आफ्नो उत्कृष्ट खेलप्रर्दशनले अझै हर्षित बनाउन सकोस । नेपाली टिमलाई शुभकामना ।
















